IME Life New

बीमा प्राधिकरणले बीमकसँग माग्यो कर्मचारी प्रशासन र आर्थिक प्रशासन कार्यविधिको जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूसँग कर्मचारी प्रशासन र आर्थिक प्रशासन विनियमावली सम्बन्धि विवरण माग गरेको छ।

प्राधिकरणले जारी गरेको बीमकको संस्थागत सुशासन निर्देशिका २०८० को दफा ८ को उपदफा १ र २ को प्रावधान अन्तर्गत, यी दुबै दस्तावेज बीमकले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गर्नुपर्छ।

Esewa
Crest

केही बीमकले नयाँ विनियमावली र कार्यविधि तयार पारेर लागू गरेपनि निर्देशनको प्रावधान बमोजिम प्राधिकरणबाट स्वीकृति र प्रमाणीकरणको प्रकृया पुरा नगरी लागू गरेको गुनासो पछि प्राधिकरणले सोधीखोजी गरेको हो।

कुन कुन बीमकले नियमावली र कार्यविधि प्राधिकरणबाट स्वीकृत गराए भन्ने अभिलेख प्राधिकरणसँग नभएको अवस्था छ। केही बीमकले कर्मचारी प्रशासन विनियमावली पेश गरेकोमा प्राधिकरणले सशर्त स्वीकृत गरेपनि प्राधिकरणको निर्देशन बमोजिम संशोधन नै नगरी लागू समेत गरेका छन्।

संस्थागत सुशासन निर्देशिका बाहेक बीमकको स्थिर खरिद तथा बिक्री सम्बन्धि निर्देशन २०८१ मा समेत आर्थिक प्रशासन कार्यविधि सम्बन्धि केही प्रावधान समेटिएको छ। यो कार्यविधिको दफा ९ मा  बीमकले आर्थिक प्रशासन विनियमावलीमा स्थिर सम्पत्ति  खरिद तथा बिक्री सम्बन्धि व्यवस्था गर्नुपर्ने प्रावधान छ।

यो निर्देशन बमोजिम अझैसम्म पनि केही बीमकले आफ्नो खरिद तथा आर्थिक प्रशासन विनियमावलीमा स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री गर्ने सम्बन्धी स्पष्ट व्यवस्था गरेका छैनन् ।

बीमकको स्थिर खरिद तथा बिक्री सम्बन्धि निर्देशनमा स्थिर सम्पत्ति खरिद तथा बिक्री कार्यविधि तयार पार्दा बीमकले स्थिर सम्पत्ति खरिद तथा बिक्रीसँग सम्बन्धि आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने सम्बन्धी व्यवस्था समेत समावेश गर्नुपर्ने व्यवस्था समेत छ।

कर्मचारी प्रशासन विनियमावलीको प्रावधानहरू प्रचलित श्रम ऐनको प्रावधान, बीमकको संस्थागत सुशासन निर्देशिका र प्रचलित अभ्यासको प्रावधानसँग बाझिए नबाझिएको र आर्थिक अनुशासन कायम राख्नका लागि विनियमावली प्रभावकारी भए नभएको सुनिश्चित गर्नका लागि आर्थिक प्रशासन विनियमावली पनि प्राधिकरणबाट स्वीकृत गराउनुपर्ने व्यवस्था गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS