IME Life New

आधारभूत शेयरधनीदेखि अभिकर्तासम्मलाई एएमएल/सीएफटी सम्बन्धी तालिम अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण र आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा आधारभूत शेयरधनी, सञ्चालक, कर्मचारी र बीमा मध्यस्थकर्ताका लागि अनिवार्य तालिम सञ्चालन गर्न निर्देशन जारी गरेको छ।

प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण र आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी निर्देशिकामा यस्तो व्यवस्था गरेको हो। निर्देशिकामा बीमकले ऐन, नियमावली तथा निर्देशनको पालना प्रभावकारी बनाउन आफ्नो आधारभूत शेयरधनी, सञ्चालक समिमिका सदस्य उच्च व्यवस्थापन र कर्मचारीलाई देहायबमोजिम हुने गरी संस्थागत दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छः

Esewa
Crest
  • संस्थाको चुक्तापुँजीको १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी, सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनलाई सम्बन्धित विषयको गाम्भीर्यताका बारेमा अभिमुखीकरण कार्यक्रम गर्ने
  • कर्मचारीको हकमा दक्षता अभिवृद्धि तालिम कार्यक्रम गर्ने,
  • कार्यान्वयन अधिकारी र एएमएल÷सीफएटी विभाग वा इकाइका कार्यमा प्रत्यक्ष तथा नियमित रुपमा संलग्न अन्य कर्मचारीलाई एएमएल/सीएफटीसम्बन्धी विषयमा तालिममा सहभागी गराउने।

यसैगरी बीमकले आतंककारी कार्य र आमविनाशकारी हातहतियार नियन्त्रण तथा विस्तारमा वित्तीय लगानीसँग सम्बन्धित व्यक्तिहरुको पहिचान, अनुगमन तथा प्रतिवेदनका लागि आवश्यक संयन्त्रको विकास गर्नुपर्ने भएको छ।

यसका साथै बीमकको सञ्चालक समिति, कार्यकारी प्रमुख, कर्मचारी तथा बीमा मध्यस्थकर्ता तथा अभिकर्ताका लागि सदाचार नीति तयार गरी लागू गर्न पनि निर्देशिकामार्फत प्राधिकरणले निर्देशन दिएको छ।

निर्देशिकामा बीमकले वित्तीय जानकारी इकाइमा पेस गर्नुपर्न सीमा तथा शंकास्पद कारोबार गतिविधि प्रतिवेदन तथा प्राधिकरणमा पेस गर्ने प्रतिवेदनका लागि बीमकको कोर इन्स्योरेन्स प्रणाली वा अन्य विद्युतीय प्रणालीमा ग्राहकका अभिलेख वा विवरण अद्यावधिक गरी नियमावलीको नियमअनुसार पेस गर्नुपर्नेछ।

बीमकले एएमएल/सीएफटीसम्बन्धी प्रचलित कानुनबमोजिम भए गरेको कामकारबाहीको आन्तरिक लेखापरीक्षण गर्नु व्यवस्थाका साथै सम्परीक्षण गर्ने व्यवस्था गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS