IME Life New

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

अध्यक्ष पोखरेलले प्राधिकरणका कामकारवाहीमा ढिलासुस्ती नगर्न तथा हुने कामलाई हुन्छ भन्न र नहुने काम यो कारणले हुँदैन भनेर कारण सहित जानकारी दिन पनि निर्देशन दिए ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारी संगठनहरूले प्रोफेशनल भएर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) र निर्देशक कुन्दन सापकोटाले अधिवेशनको सफलताको शुभकामना दिए ।

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका पूर्वअध्यक्ष पूर्णबहादुर थापा र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका संस्थापक अध्यक्ष पदम प्रसाद सोडारीले कर्मचारीहरूको हक हितका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS