IME Life New

स्मार्ट च्वाईस टेक्नोलोजिजले सुरु गर्यो थ्रिडिएस एक्सेस कन्ट्रोल सर्भर सेवा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिजले थ्रिडिएस एक्सेस कन्ट्रोल सर्भर सेवाको सफलतापूर्वक सुरुआत गरेको छ ।

एक्सेस विश्वव्यापी थ्रिडि सेक्युयोर प्रोटोकलको महत्वपूर्ण अंग हो, जसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्छ ।

Crest

ग्लोवल आइएमई बैंकले नेपालमा एससिटीको थ्रिडिएस एक्सेस सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै, एनएमबि बैंकलाई पनि यो सेवा प्रदान भइसकेको छ। जसले यस सेवाको पहुँच अझ विस्तार गरेको छ ।

यी सहकार्यहरुमार्फत ग्लोवल आइएमई बैंक र एनएमबि बैंकका कार्डबाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउनेछन् ।

एससिटीले ले सुरु गरिएको एक्सेस सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रुपमा स्थापित भएको छ । यसले अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकटिङ, र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने छ ।

यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रादायक संस्थाहरूको सुरक्षाका मापदण्डसँग नजिक ल्याउँदै, नगदविहीन अर्थतन्त्रतर्फको यात्रालाई पनि टेवा पुर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS