IME Life New

आजसम्म कायम इकाइधनीले नबिल म्युचुअल फन्डका यी दुई योजनाको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले आर्थिक वर्ष २०८१।८२ का लागि घोषित नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ को लाभांश वितरण गर्न यही भदौ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ १९ गते (भदौ २० गते शुक्रबार र २१ गते शनिबार)सम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन्।

Esewa
Crest

उक्त आर्थिक वर्षको मुनाफाबाट ती दुवै योजनाका लागि इकाइधनीहरुलाई करसहित समान १३–१३ प्रतिशत नगद प्रतिफल वितरण गरिँदैछ। योजना व्यवस्थापकअनुसार नबिल ब्यालेन्सड् फन्ड–२ का इकाइधनीहरुलाई कुल १४ करोड ५६ लाख रुपैयाँ र नबिल ब्यालेन्सड् फन्ड–३ का इकाइधनीहरुलाई कुल १६ करोड २५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ।

यी दुवै बन्दमुखी योजना हुन्। यी योजनाको कोष प्रवर्द्धकका रुपमा नबिल बैंक रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS