IME Life New

सहकारी संस्थाको साधारणसभामा कडाइ, प्राधिकरणले जारी गर्यो ८ बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको साधारणसभामा कडाइ गरेको छ।

प्राधिकरणले सहकारी संस्थाको साधारणसभा सदस्य केन्द्रित र मितव्ययी बनाई सुशासन कायम गर्न आवश्यक देखिएको भन्दै ८ बुँदे निर्देशन जारी गरेको हो। प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारणसभा सञ्चालन सम्बन्धमा निम्नबमोजिम निर्देशन जारी गरेको छः

Esewa
Crest
  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारणसभामा सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन वा सुपरीवेक्षणसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्वन्धित कुनै पनि निकायका गैरसदस्य कर्मचारी वा पदाधिकारी सहभागी नहुने/नगराउने। यसविपरीत त्यस्ता पदाधिकारीको सहभागितालाई स्वार्थको द्वन्द्व मानिने।
  • साधारणसभामा गैरसदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटनसत्र, आसन ग्रहण वा अतिथिका मन्तव्यजस्ता औपचारिक कार्यक्रममा समय व्यतीत नगरी सीधै साधारणसभाको छलफल अजेन्डामा प्रवेश गर्ने।
  • सहकारी संस्था आबद्ध रहेको माथिल्लो संघबाट कुनै परामर्श आवश्यक परेमा वा सदस्य शिक्षा दिनु परेमा न्यूनतम संख्यामा मात्र गैरसदस्य प्रतिनिधि वा स्रोतव्यक्तिलाई साधारणसभाको प्रारम्भमै परामर्श वा सदस्य शिक्षा प्रदान गर्ने गरी आमन्त्रण गर्न सकिने।
  • साधारणसभामा नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने अवस्थामा निर्वाचन उपसमितिसहित निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने जनशक्तिलाई उपस्थित गराउन सकिने।
  • बचतकर्ताको हितलाई मध्यनजर गरी संस्थामा मितव्ययीता कायम गर्न साधारणसभामा उद्घाटन, अतिथि सत्कार, यातायात खर्च, सहभागी भत्ता, अतिथि उपहार, भोजभतेर (आवश्यकतानुसार सदस्यहरुको सामान्य खाजा खानाबाहेक) जस्ता क्रियाकलापमा फजुल खर्च नगर्ने/नगराउने।
  • सहकारी संस्थाको कार्यक्षेत्रभित्र सदस्यहरुलाई पायक पर्ने स्थानमा साधारणसभाको आयोजना गर्नुपर्ने।
  • बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाले प्रचलित कानुन तथा यस निर्देशनबमोजिम साधारण सभासम्पन्न गरी सोको एक महिनाभित्र प्राधिकरणमा विद्युतीय प्रणाली (ई–मेल ठेगानाः [email protected]) मार्फत संक्षिप्त प्रतिवेदन पेस गर्नुपर्ने।
  • यस निर्देशनको पालना नभएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS