IME Life New

एनआईसी एशिया क्यापिटलको नवौँ वार्षिक साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा आज भदौ १८ गते बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Crest

उक्त सभामा संचालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले रु.२० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु.३० करोड ६० लाख भन्दा बढी आम्दानी गरी रु.११ करोड ६४ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।

त्यसैगरी व्यवसाय तर्फ आषाढ मसान्त, २०८२ सम्म ८ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्म ५ वटा योजना मार्फत रु.५ अर्व ४५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत ७२० जना ग्राहकहरुबाट रु.२ अर्व ७० करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको । शेयर रजिष्ट्रार सेवा अन्तर्गत २३ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा “IDEA to IPO” सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको जानकारी दिए ।

साथै क्यापिटलले नवौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो शेयरधनीलाई हालसम्म २९० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS