काठमाडौं । शेयर बजार बुधबार पनि घटेको छ। नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ को विन्दुमा भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका दुईवटा समूह बढेका छन् भने बाँकी ११ वटा घटेका छन्। म्युचुअल फन्ड समूह ०.२२ प्रतिशतले बढ्दा जलविद्युत र होटल समूह सर्वाधिक ०.९३ प्रतिशतले घटेका छन्।
आज बजारमा ३९ कम्पनीको शेयरभाउ बढेको छ भने २१३ वटाको घटेको छ। यो दिन बजारमा करिब पौने ५ अर्ब रुपैयाँको कारोबार भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनियन हाइड्रोपावरः ३३ करोड ८० लाख रुपैयाँ
- लिबर्टी इनर्जीः २७ करोड ३७ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीले २६ करोड १५ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २४ करोड ९४ लाख रुपैयाँ
- पञ्चकन्या माई हाइड्रोपावरः १३ करोड ४४ लाख रुपैयाँ
- शिवम सिमेन्टः १२ करोड ६६ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ११ करोड ९७ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः १० करोड ८९ लाख रुपैयाँ
- बुटवल पावरः ८ करोड ५२ लाख रुपैयाँ
- उन्नति सहकार्य लघुवित्तः ८ करोड ३५ लाख रुपैयाँ

















