IME Life New

एचएलआई लर्जा क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फन्डका इकाइ खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ।

हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकरले गत भदौ १५ गतेदेखि उक्त योजनाका इकाइहरु बिक्री खुला गरेको थियो। यसमा आज भदौ १८ गतेसम्म आवेदन दिन म्याद रहेको थियो। तर, मागबमोजिम आवेदन नपरेपछि यस निष्कासन अवधि भदौ २९ गतेसम्म लम्बिएको हो।

Esewa
Crest

यस योजनाका १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाइमध्ये बीज पुँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख इकाइ कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा ४ करोड इकाइसम्म आवेदन दिन पाउने छन्। योजनाको अवधि इकाइ बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ।

यस योजनाका इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयर आवेदन दिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS