IME Life New

हङकङमा गोर्खाज फाइनान्सको सेवा शुभारम्भ, नेपाली समाजलाई एकीकृत गर्ने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङमा गोर्खाज फाइनान्स लिमिटेडको भव्य शुभारम्भ गरिएको छ । उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे ।

नेपालबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मनोज ज्ञवाली र युवा उद्यमी हिक्मतजंग कार्की लगायतका विशिष्ट अतिथिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कम्पनीको नेतृत्व डीके दाहाल, आकाश बन्जारा, बिबश सुवेदी लगायत ४७ जना अन्य सेयरधनीहरुको टोलीले गरिरहेको छ।

Esewa
Crest

कार्यक्रमलाई स्वागत गर्दै अध्यक्ष डीके दाहालले सम्पूर्ण लगानीकर्ताहरूलाई यसलाई बैंक बनाउन एकजुट भई काम गर्न आह्वान गरे । उनले गोर्खाज फाइनान्सलाई बैंकको रुपमा परिणत गर्न सबैजना एकढिक्का भएर एउटै रेखामा उभिएर जोडिनुपर्नेमा जोड दिए ।

मञ्चबाटै घोषणा गर्दै संचालक आकाश बन्जाराले हङकङमा नेपालीहरुका लागि आफ्नै बैंक नभएर अभाव खट्किएको अवस्थालाई मध्यनजर गर्दै गोर्खाज फाइनान्सले नेपाली समाजलाई एकताबद्ध बनाएर एक नेपाली बैंकको सुरुवात गर्ने उद्देश्यका साथ अघि बढेको स्पष्ट पारे । उनले कम्पनीले रेमिटेन्स लगायतका विभिन्न वित्तीय सेवाहरू प्रदान गर्दै भविष्यमा हङकङमा एउटा अग्रणी नेपाली बैंकको रुपमा स्थापित हुने लक्ष्य राखेको बताए।

सोही अवसरमा ६ महिनाभित्र नबिल बैंकको प्रतिनिधि कार्यालय हङकङमा स्थापना गरिने महत्वपूर्ण घोषणा पनि गरियो, जसले वित्तीय कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा भारत, चीन, मकाउ र ताइवान लगायतका अन्तर्राष्ट्रिय पाहुनाहरुका साथै हङकङका व्यवसायी र सामाजिक अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुमा बैंक अफ अमेरिकाका प्रबन्ध निर्देशक तथा प्रमुख सूचना अधिकारी सुरज राई, फाइनेक्स हङकङ लिमिटेडका निर्देशक सोयना ढकाल र इन्टरनेशनल योङ डेमोक्रेटिक युनियनका उपाध्यक्ष हिक्मतजंग कार्की लगायत थिए ।

यस भव्य कार्यक्रमलाई सफल पार्न रजनीश भट्टराई, चित गुरुङ, राम कँडेल, क्षितिज न्यौपाने, निश्चल दाहाल, यम गुरुङ लगायतको अथक प्रयास रहेको थियो। सागर थापाको नेतृत्वमा रहेको सागर म्यानेजमेन्ट एचकेले कार्यक्रमको सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको थियो भने प्राविधिक सहयोग सुरेश थापाले प्रदान गरेका थिए । यसैगरी अनोज रोकाले कार्यक्रम सञ्चालन गरी थप आकर्षण थपेका थिए ।

कार्यक्रमको समापन गर्दै आकाश बन्जाराले गोर्खाज फाइनान्सलाई ुगोर्खाज बैंकु को रुपमा स्थापित गर्ने आफ्नो अठोट दोहोर्याउँदै सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । हङकङ अनि नेपालका सफल ब्याबसायी,सामाजिक र एनआरएनए अभियन्ता बन्जाराले आफ्नो उदाहरणीय काममा सबैलाई साथ समर्थन दिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS