IME Life New

बीमकको लगानी निर्देशिका संशोधन, के के छन् नयाँ व्यवस्था ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूका लागि एकीकृत लगानी निर्देशन ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’  जारी गरेको छ।

बीमकको लगानी सम्बन्धी निर्देशिका संशोधन गर्दै सबैखाले बीमकका लागि लागू हुने गरी एकीकृत निर्देशन जारी गरेको हो। यसअघि फरक फरक प्रकृतिको बीमा व्यवसायको इजाज प्राप्त बीमकको लगानी बेग्लाबेग्लै निर्देशन प्रचलनमा रहेको थियो। नयाँ लगानी निर्देशन जारी भएसँगै पुराना चारवटै निर्देशन खारेज भएको छ।

Crest

बेग्लै लगानी इकाइ स्थापना गर्नुपर्नेः

प्राधिकरणले बीमकले लगानी व्यवस्थापन गर्न लगानी सम्बन्धि कार्यको अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी एक लगानी व्यवस्थापन इकाइ स्थापना गर्नुपर्ने व्यवस्था गरिएको छ। अर्थात व्यवस्थापक पद भन्दा माथिल्लो पदको कर्मचारी मात्र यस्तो इकाइको प्रमुख हुन पाउने भएका छन् ।

बीमकले गर्ने लगानीको खरिद मूल्य, खरिद प्रकृया, प्रचलित कानून पालना गरिएको विषय र लगानी पश्चात हुने परिणामका सम्बन्धमा बीमकको सञ्चालक समिति, उच्च व्यवस्थापन, कार्यकारी प्रमुख र लगानी व्यवस्थापन इकाइको प्रमुख जिम्मेवार हुने प्रावधान समावेश गरिएको छ।

सरकारी ऋण पत्रमा लगानीमा छैन बन्देजः

सरकारी ऋण पत्र र नेपाल र नेपाल राष्ट्र बैंक ऋणपत्रमा लगानी गर्न कुनै प्रकारको बन्देज र सीमा लागू हुनेछैन। बीमकले सूचीकृत धितोपत्र बजारमा गर्न सक्ने लगानीको सीमा बढाएर १० बाट १५ प्रतिशत पुर्‍याइएको छ।

बीमा ऐन, २०७९ बमोजिम प्राधिकरणको स्वीकृति लिनुपर्नेमा बाहेक यस निर्देशनमा उल्लेखित लगानीको सीमा र शर्तको अधिनमा रही लगानी गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने भएको छ। निर्देशनमा प्राधिकरणले तोकेको भन्दा बाहेकको क्षेत्रमा लगानी गर्न बन्देज गरिएको छ।

सहायक कम्पनीमा लगानीको व्यवस्था यथावतः

बीमकले कुल लगानीको ५ प्रतिशतमा नबढ्ने गरी प्राधिकरणको पूर्व स्वीकृति लिएर कृषी उत्पादन, भण्डारण, वितरण, भण्डारण गृह तथा शित गृह, उर्जा उत्पादन, प्रशारण र विवरण, शिक्षा र स्वास्थ्य र लगानी कम्पनीको व्यवसाय गर्नका लागि सहायक कम्पनीमा लगानी गर्न सक्ने साबिकको व्यवस्थालाइ यथावत राखिएको छ ।

सहायक कम्पनीले निष्काशन गर्ने कुनै पनि सुरक्षणपत्र वा उपकरणमा बीमकले लगानी गर्न बन्देज र बीमकले जारी गर्ने शेयर तथा अन्य उपकरणमा सहायक कम्पनीले समेत लगानि गर्न नपाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

80%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS