काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ८९ अंकले घटेर २,७४१ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । बिओके डिबेञ्चर २०८६ का इकाईधनीले ४ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् ।


















