IME Life New

भुक्तानी प्रणाली सुदृढ र सुरक्षित गर्न राष्ट्र बैंकले ल्यायो एसआईपीएस, के छन् उद्देश्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ सिस्मेटिक्कली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) ल्याएको छ।

भुक्तानी प्रणालीहरुको पहिचान गरी त्यस्ता प्रणालीको सञ्चालन एवं व्यवस्थापनलाई थप सुदृढ, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यका साथै एसआईपीएस तयार गरिएको केन्द्रीय बैंकले जनाएको छ।

Esewa
Crest

एसआईपीएसको मुख्य उद्देश्य त्यस्ता भुक्तानी प्रणालीहरु पहिचान गर्नु हो, जसको अवरोधले व्यापक वित्तीय प्रणालीमा जोखिम उत्पन्न र प्रसारित गर्न सक्छ। वित्तीय तनाव वा सञ्चालन अवरोधको अवधिमा महत्वपूर्ण भुक्तानी प्रणालीको लचिलोपन र निरन्तरता सुनिश्चित गर्ने पनि यसको अर्को उद्देश्य रहेको छ।

यसैगरी विभिन्न प्रकारका जोखिम पहिचान गर्ने र तिनीहरु कसरी उत्पन्न हुन सक्छन् र प्रणालीमा प्रसारित हुन्छन् भन्ने कुरा बुझ्ने पनि यसको उद्देश्य रहेको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार एसआईपीएसले निगरानी, व्यवस्थापन र नियन्त्रणका लागि उपयुक्त र प्रभावकारी संयन्त्र विकास गर्न जोखिमको मूल्यांकन र विश्लेषण गर्नेछ। ‘प्रणालीगत जोखिम कम गर्न समयबद्धता र फर्छ्यौट निश्चितता महत्वपूर्ण छ’, राष्ट्र बैंकले भनेको छ, ‘भुक्तानी वास्तविक समयमा सञ्चालन गरिनुपर्छ वा नेटिङ व्यवस्थाका लागि उही व्यापारिक दिनभित्र पूरा गरिनुपर्छ। स्पष्ट रुपमा परिभाषित अन्तिमता नियमले लेनदेनको अपरिवर्तनीयताका बारेमा सहभागीहरुलाई आश्वासन प्रदान गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS