IME Life New

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको पालना गर्न राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अवैध रुपमा प्राप्त कालो धनलाई सेतो धन बनाउन खोज्ने कार्यलाई सम्पत्ति शुद्धीकरण भनिन्छ। यो कानुनले बर्जित गरेको कार्य हो। यस्तो गरिएमा कानुनी सजायको भागिदार बन्नुपर्ने हुन्छ।

नेपाल राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि आज एउटा चेतनामूलक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको पालना गर्न र कानुनी सजायबाट बच्न सुझाएको छ। ‘यस्तो कार्य गर्ने व्यक्तिले कानुनबमोजिम सजायको भागीदार हुनुपर्दछ’, राष्ट्र बैंकले भनेको छ।

Esewa
Crest

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार ‘सम्पत्ति शुद्धीकरण’ भन्नाले कुनै व्यक्तिले प्राप्त गरेको सम्पत्ति कसुरबाट प्राप्त गरेको सम्पत्ति हो भन्ने थाहा पाउँदा–पाउँदै वा विश्वास गर्नुपर्ने पर्याप्त आधार हुँदाहुँदै गरिने निम्न कार्यलाई बुझाउँछः

  • त्यस्तो सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले सम्पत्तिको कुनै पनि प्रकारले रुपान्तरण वा हस्तान्तरण गर्ने,
  • कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग (डिस्पोजिसन), कारोबार, स्वामित्व वा सो सम्पत्तिउपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने,
  • त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने।

यी कुनै कार्यको षड्यन्त्र, मद्दत, दुरुत्साहन, सहजीकरण, मत–सल्लाह वा उद्योग गर्न वा सम्बद्धता वा सहभागिता जनाउने वा मतियार हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS