IME Life New

निर्जीवन बीमकको व्यापार सम्पत्ति बीमामा धेरै देखिँदा अन्य क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकको व्यापार सम्पत्ति बीमा धेरै देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनको तथ्यांकबाट यस्तो देखिएको हो।

साउनमा १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले कुल ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँको व्यापार भित्र्याएका छन्। यसमा सम्पत्ति बीमाको हिस्सा धेरै देखिएको छ।

Esewa
Crest

साउनमा निर्जीवन बीमकले सम्पत्ति बीमामार्फत १ अर्ब ५१ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। जुन कुल व्यापारको ३४.३८ प्रतिशत हिस्सा हो।

यसैगरी दोस्रो धेरै व्यापार मोटर बीमाको देखिएको छ। निर्जीवन बीमकले साउनमा मोटर बीमामार्फत १ अर्ब १० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा मोटर बीमाको हिस्सा २५.०७ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्ष साउनमा बीमा कम्पनीहरुले विविध बीमामार्फत ६१ करोड ९६ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत ५१ करोड ३ लाख रुपैयाँ, सामुद्रिक बीमामार्फत ३० करोड ४० लाख रुपैयाँ, कृषि तथा बाली बीमामार्फत १६ करोड ५० लाख रुपैयाँ, हवाई बीमामार्फत १० करोड ३१ लाख रुपैयाँ र लघु बीमामार्फत ७ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

कुल व्यापारमा विविधको हिस्सा १४.०९ प्रतिशत, इन्जिनियरिङ तथा ठेक्का जोखिमको ११.६१ प्रतिशत, सामुद्रिक बीमाको ६.९१ प्रतिशत, कृषि तथा बालीको ३.७७ प्रतिशत, हवाईको २.३४ प्रतिशत र लघुको १.८१ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS