IME Life New

बालक्ष्य डेभलपमेन्ट एण्ड केयरद्वारा एकदिने तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विविध क्षमताका बालबालिकाको समग्र विकासमा समर्पित संस्था बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले एकदिने तालिम केयरगिभर एस थेरापिस्टः न्युरोडाइभर्सिटीलाई घर र विद्यालयमा पोषण गर्दै सफलतापूर्वक सम्पन्न गरेको छ।

व्यवहार थेरापिस्ट गंगा शाक्यको नेतृत्वमा सम्पन्न उक्त तालिमले अभिभावक, शिक्षक तथा हेरचाहकर्तालाई न्युरोडाइभर्स बालबालिकाको शैक्षिक तथा दैनिकी जीवनलाई सहज बनाउने व्यावहारिक सीप र रणनीति प्रदान गरेको छ ।

Esewa
Crest

कार्यक्रममा सहभागीहरुले घर र विद्यालयमा समावेशी वातावरण सिर्जना गर्ने तरिका, भावनात्मक सम्बन्ध मजबुत बनाउने उपाय र विकासात्मक प्रगति प्रवर्द्धन गर्ने विधि सिकेका थिए।

व्यवहार थेरापिस्ट गंगा शाक्यले भनिन् “जब केयरगिभरहरू थेरापी प्रक्रियामा सक्रिय सहभागी बन्छन्, बालबालिकाको दैनिकी जीवनमा उल्लेखनीय सुधार देखिन्छ।”

यस कार्यक्रममा विभिन्न पेशागत समूहका व्यक्तिहरू, अभिभावक तथा सरोकारवालाहरूले सहभागिता जनाएका थिए।

बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरी हरेक बालबालिकाले फक्रिन सक्ने समावेशी समाज निर्माणमा योगदान पुर्‍याउँदै जाने कम्पनीका को–फाउन्दर नरोत्तम ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS