IME Life New

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव १७ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल रिपब्लिक मिडियाको २१ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानीकर्ताले ४ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । माछापुच्छ्रे डिबेञ्चर २०८७ का इकाईधनीले ३ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

आज ग्लोबल आइएमई समुन्नत योजना २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS