काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय बैठकमा ड्रयागन र हात्ती एकसाथ आउनु धेरै महत्वपूर्ण रहेको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले दुवै देशका लागि मित्र रहनु, असल छिमेकी हुनु तथा ड्रयागन र हात्ती एकसाथ आउनु धेरै महत्वपूर्ण रहेको बताए। उनले भने, ‘विश्व परिवर्तनतर्फ अघि बढिरहेको छ। चीन र भारत विश्वका दुई सबैभन्दा प्राचीन सभ्यता हुन्। हामी दुवै विश्वका सबैभन्दा बढी जनसंख्या भएका देश हौँ र ग्लोबल साउथको हिस्सा हौँ।’
यसअघि प्रधानमन्त्री मोदीले सोही बैठकमा भारत र चीनबीचको सम्बन्धले सकारात्मक दिशा पाएको बताएका थिए।
सांघाई सहयोग संगठन (एससीओ) को बैठक ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीनको तियानजिनमा हुँदैछ। मोदी र सी जिनपिङबाहेक रुसी राष्ट्रपति पुटिन पनि यसमा सहभागी हुँदैछन्। – एजेन्सी

















