IME Life New

सामसुङ ग्यालेक्सी ए१७ ५जी नेपालमा सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसुङले आफ्नो लोकप्रिय ए-सीरिज विस्तार गर्दै नेपालमा नयाँ ग्यालेक्सी  ए१७ ५जी सार्वजनिक गरेको छ। कम्पनीले यसलाई किफायती मूल्यमा प्रिमियम स्तरका सुविधा उपलब्ध गराउने स्मार्टफोनका रूपमा बजारमा ल्याएको छ।

यस स्मार्टफोनको मूल्य ६/१२८GB भेरियन्टका लागि रु. २८,९९९, ८/१२८GB भेरियन्टका लागि रु. ३०,९९९ र ८/२५६GB भेरियन्टका लागि रु. ३४,९९९ तोकिएको छ।

Esewa
Crest

ग्यालेक्सी ए१७ ५जी ६.७-इन्च सुपर AMOLED डिस्प्ले, ९०Hz रिफ्रेस रेट, पातलो र हल्का डिजाइन, र लाइनर ग्रुप गरिएको क्यामेरा सेटअप रहेको छ। क्यामेरा सेटअपमा ५०MP OIS मुख्य क्यामेरा, ५MP अल्ट्रा-वाईड र २MP म्याक्रो लेन्स समावेश छन्, जसले उपभोक्तालाई विभिन्न कोणबाट खिचाइ गर्ने सुविधा दिन्छ।

यो डिभाइसमा सामसुङले AI टुलहरू जस्तै Gemini इंटिग्रेशन, Gemini Live, र Circle to Search जस्ता नयाँ फिचरहरू उपलब्ध गराएको छ, जसले दैनिक प्रयोगलाई अझ स्मार्ट र सहज बनाउँछ। सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, ग्यालेक्सी A17 5G ले नेपालका उपभोक्तालाई किफायती दाममै प्रिमियम अनुभव दिनेछ।

फोनमा Gorilla Glass Victus को सुरक्षा, IP54 डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स, छ वर्षको सुरक्षा अपडेट र छ पटकसम्मको OS अपग्रेड को सुविधा दिइएको छ।

सामसुङ नेपालका निर्देशक,  प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी A17 5G मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं। प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकून् भन्ने हाम्रो विश्वास हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS