IME Life New

वैदेशिक रोजगारमा रहेकाले श्रीनगर एग्रीटेकको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत भदौ ११ गतेबाट पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीकका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्कासन गर्नेछ।

कम्पनी जारी पुँजीको १ प्रतिशतले हुन आउने १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँबराबरको १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको छ। यो आइपीओमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीयले खरिद आवेदन पेस गर्न सक्नेछन्।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरको १० प्रतिशतले हुन आउने ३ लाख ९ हजार ९३८ कित्ता शेयरमा श्रम इजाजतप्राप्त वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्। दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

स्थानीयले नबिल बैंकका तानसेन, पाल्पा र फरसाटिकर शाखा, एनएमबि बैंकका तानसेन र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकको तानसेनबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सी–आस्बा प्रणालीमार्फत र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा भदौ २५ गते र ढिलोमा असोज ९ गते बैंकिङ समयपछि हुनेछ।
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आइपीओ बिक्री प्रबन्धकमा नबिल इम्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS