IME Life New

बन्दीपुर केबलकारको आइपीओ भर्नुभयो ? आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । बन्दीपुर केबलकार एन्ड टुरिजमको आइपीओमा आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्कासन गरेको छ। यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत वा सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिदन सक्नेछन्। आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

सीडीएससीका अनुसार शनिबार साँझसम्म बन्दीपुर केबलकारको आइपीओमा २१ लाख ३१ हजार ७० आवेदकबाट २ करोड ५५ लाख २ हजार २१० कित्ता शेयर माग भएको छ। जुन मागभन्दा ५.८७ प्रतिशतले बढी हो। यो हिसाबले अब बन्दीपुर केबलकारको आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS