IME Life New

आजबाट एचएलआई लार्ज क्याप फण्डको इकाई निष्काशन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई आज भदौ १५ गतेदेखि निष्काशन तथा बिक्री खुला हुँदैछ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आफ्नो पहिलो बन्दमुखि योजना एचएलआई लार्ज क्याप फण्ड निष्काशनमा ल्याउने भएको हो । बैंकरले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाईमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई कोष प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागेको हो।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

Esewa
Crest

हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्ष रहेको छ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात २० करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई आईआरएन ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई आईआरएन एएमसी क्वालिटि ३ रेटिङ्ग प्रदान गरेको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS