IME Life New

ट्रम्पका अधिकांश ट्यारिफ अवैध रहेको अमेरिकी अदालतको फैसला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अधिकांश ट्यारिफ अवैध भएको फैसला सुनाएको छ।

राष्ट्रपति ट्रम्पले पनि अदालतको यस फैसलायप्रति प्रतिक्रिया जनाएका छन्। उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘सबै ट्यारिफ अझै पनि कायम छन्। आज एक धेरै पक्षपाती पुनरावेदन अदालतले हाम्रा ट्यारिफ हटाउनु पर्छ भनेर गलत भन्यो तर उनीहरुलाई थाहा छ कि अन्ततः अमेरिकाले जित्नेछ।’

Esewa
Crest

अदालतको यो फैसलाले कानुनी द्वन्द्व सिर्जना गर्न सक्छ। जसले ट्रम्पको विदेश नीति योजनालाई असर गर्न सक्छ।

यस फैसलाले ट्रम्पको ‘पारस्परिक ट्यारिफ’ लाई असर गर्छ। जुन विश्वका अधिकांश देशमा लगाइएको छ।

यसमा चीन, मेक्सिको र क्यानडामा लगाइएको ट्यारिफ छन्। ७–४ को फैसलामा अमेरिकी संघीय सर्किट पुनरावेदन अदालतले ट्रम्प सरकारको तर्कलाई अस्वीकार गर्यो कि यी ट्यारिफ आपतकालीन आर्थिक शक्ति ऐनअन्तर्गत लगाइएको थियो।

अदालतले ट्रम्पको कदमलाई ‘कानुनविपरीत’ र ‘अमान्य’ घोषित गरेको छ। यो निर्णय अक्टोबर १४ सम्म लागू हुने छैन। ता कि सरकारले यस विषयमा सुनुवाइका लागि सर्वोच्च अदालतमा पुनरावेदन गर्न समय पाओस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS