IME Life New

बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढ्यो, आवेदन दिन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्षको नियुक्तिको प्रक्रिया अगाडि बढेको छ।

सरकारले गठन गरेको सिफारिस समितिले आज भदौ १४ गते एक सूचना जारी गर्दै बीमा प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरेको हो। योग्य इच्छुक नेपाली नागरिकले ७ दिनभित्र कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन्।

Esewa
Crest

गत भदौ ९ गतेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन्।

कार्यानुभवसम्बन्धी योग्यता नपुगेको भन्दै मन्त्रिपरिषद बैठकले गत भदौ २ गते प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको थियो। गत फागुन १२ गते मन्त्रिपरिषद बैठकले कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो। ओझाको बर्खास्तीपछि हाल अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई सरकारले कामचलाउ अध्यक्षको जिम्मेवारी तोकेको छ।

अब सिफारिस समितिले तोकिएको मितिभित्र परेका आवेदनको अध्ययन गरी नाम सर्टलिस्ट गर्नेछ। त्यसपछि समितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि डाक्नेछ। अनि समितिले ती उम्मेदवारले प्राप्त गरेको अंकका आधारमा ३ जनाको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गर्नेछ।

मन्त्रिपरिषद्को बैठकले सिफारिस गरिएकामध्ये एकजनालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।

Bima pradhikaran

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS