IME Life New

बजार सञ्चालक नेप्से अध्यक्षविहीन भएको लामो समय बित्दा पनि सरकारलाई छैन चासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लामो समयदेखि अध्यक्षविहीन अवस्थामा रहेको छ।

शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढे भएसँगै नेप्से अध्यक्षविहीन बन्न पुगेको हो। नेप्सेको अध्यक्षमा सरकारले सहसचिवलाई नियुक्त गर्ने प्रावधान रहेको छ।

Esewa
Crest

नेप्से अध्यक्षविहीन भएको करिब ४ महिना हुँदा पनि अर्थ मन्त्रालयले नयाँ नियुक्तिमा खासै चासो देखाएको पाइँदैन। अध्यक्ष नहुँदा नेप्सेमा गर्नैपर्ने महत्वपूर्ण कामहरु अलपत्र परेका छन्। कुनै पनि नीतिगत निर्णय नेप्सेको सञ्चालक समितिबाट गर्नुपर्ने हुन्छ। तर, अध्यक्ष नहुँदा सञ्चालक समिति बैठकसमेत यो अवधिमा विरलै बसेको र ती बैठकबाट कुनै पनि विषय टुंगा नलागेको नेप्सेका कर्मचारीहरु बताउँछन्।

गत वर्ष माघ ३ नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागू गरेको थियो। त्यसपछि धितोपत्र बोर्डले नेप्से र सीडीएससीलाई साना तथा मझौला कम्पनीको शेयर कारोबारका लागि छुट्टै एसएमई प्लेटफर्म निर्माण गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो।

धितोपत्र बोर्डको निर्देशनबमोजिम नेप्सेले एसएमई प्लेटफर्म सञ्चालनसम्बन्धी विनियमावली पनि तयार गरिसकेको छ। तर, अध्यक्ष नहुँदा उक्त विनियमावली लामो समयदेखि नेप्सेको सञ्चालक समितिको बैठकमा पेस हुन सकेको छैन। नेप्सेको सञ्चालक समितिको बैठकले विनियमावली पारित भएपछि मात्रै स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाउनुपर्ने हुन्छ।

अर्थ मन्त्रालयले अध्यक्ष पठाउने टुंगा नगरेकै कारण विनियमावली अड्किएकोले नेप्सेले एसएमई प्लेटफर्म सञ्चालन गर्न गर्नुपर्ने अन्य प्राविधिक काम रोकिएको छ।

यसैगरी धितोपत्र बोर्डले नै नेप्सेको पुनर्संरचनाका लागि आवश्यक कार्ययोजना तयार पार्न दिएको निर्देशन पनि अलपत्र परेको छ। ‘नेप्से पुनर्संरचनाको कार्ययोजना तयार छ तर सञ्चालक समितिबाट पास नगरी कसरी धितोपत्र बोर्डमा पेस गर्ने ?’, नेप्से स्रोतले भन्यो, ‘अरु पनि महत्वपूर्ण विषयहरु अड्किएका छन्।’

नेप्सेमा पछिल्लो समय सामान्य प्रशासनिक कार्यबाहेक अरु गतिविधि हुन सकेको छैन।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख एवं सहसचिव सेवन्तक पोखरेल नेप्सेमा अध्यक्ष नियुक्ति विषयमा कुराकानी भइरहेको बताए। ‘अब छिट्टै नेप्सेमा नयाँ अध्यक्षको नियुक्ति हुन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS