IME Life New

नेप्सेको स्पष्टोक्तिः स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गर्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा शेयर बजार परिसूचक गणना गर्ने गरेको स्पष्ट पारेको छ।

नेप्से सूचकांक गणना सम्बन्धमा जनचासोलाई सम्बोधन गर्न नेप्सेले विज्ञप्ति गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। ‘नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबारको कारोबार मूल्यलाई सूचीकृत शेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

नेप्सेको विज्ञप्तिअनुसार अपराह्न ३ बजेपछि भने नेप्सेको स्वचालित प्रणालीले प्रत्येक कारोबार मूल्य र कारोबार भएका शेयर संख्याबाट भारित औसत मूल्य निकालेर सोका आधारमा नेप्से सूचकांक गणना गर्छ। ‘स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २ः४५ देखि ३ः०० बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार शेयर संख्याका आधारमा भारित औसत मूल्य अर्थात अन्तिम मूल्य गणना गर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘स्वचालित कारोबार प्रणालीले दोस्रो चरणमा त्यसरी प्राप्त भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गर्ने गर्छ।’

यसर्थ नियमित सत्रको कारोबारमा सूचकांक गणना गर्दा कम्पनीको कारोबार शेयर संख्याको प्रभाव नपर्ने नेप्सेले स्पष्ट पारेको छ। ‘अपराह्न ३ बजेपछिको गणनामा कम्पनीको कारोबार शेयर संख्याको प्रभाव हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो विश्वव्यापी असल अभ्यासलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको ‘कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१’ अनुरुप नेप्से सञ्चालक समितिको निर्णय अनुसार २०८१ चैत ७ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS