IME Life New

स्वावलम्बन लघुवित्तद्वारा फलफूलका बिरुवा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री स्वावलम्बन नमूना गाउँ विकास कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा वितरण तथा फलफूल खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ । स्वाबलम्बन बिकास केन्द्रको प्रविधिक सहयोग तथा सहजीकरणमा बुढानिलकण्ठ वडा नं.५, डाँडागाउँलाई वातावरणमैत्री स्वावलम्बन नमूना गाउँ विकास गर्ने उद्देश्यले विभिन्न ५ जातका २५८ वटा फलफूलका बिरुवा वितरण गर्नुको साथै फलफूल खेती सम्बन्धी एक दिन अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो ।

कार्वन उत्सर्जन न्यूनीकरण, फोहोर व्यवस्थापन र बृक्षारोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न त्यहाँका जनता र सरोकारवालाहरुको समन्वयमा शुरु गरिएको वातावरणमैत्री स्वावलम्बन नमूना गाउँ विकास कार्यक्रम अन्तर्गत पहिलो चरणमा समूह सदस्यहरुलाई फलफूलका बिरुवा वितरण गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले फलफूल खेती सम्बन्धी तालिमको सहजीकरण गरेका थिए । सहजीकरणको सिलसिलामा निर्देशक श्रेष्ठले स्थानीय स्तरमा फलफूल उत्पादनको महत्व र त्यसले ग्रामीण जनताको स्वास्थ्य तथा आयआर्जनमा पार्ने सकारात्मक प्रभावको चर्चा गरे ।

त्यसैगरी, स्वावलम्बन विकास केन्द्रका कृषि प्राविधिक रमेश रोकायले फलफूलका बिरुवारोपण सम्बन्धी स्थलगत अभ्यास (जमिन तयारी, खाल्डो खन्ने, मलखाद मिलान) गराएका थिए । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रबन्धक सुमन श्रेष्ठले वातावरणमैत्री स्वाबलम्बन नमूना गाउँ विकास कार्यक्रमको र फलफूलका बिरुवा वितरण एबम अभिमुखीकरण तालिमको उद्देश्यबारे जानकारी गराए ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.का विभिन्न शाखा÷उपशाखा कार्यालय मार्फत अघिल्लो आर्थिक वर्षमा २ हजार भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएकोमा यस आर्थिक वर्ष २०८२÷८३ शुरुवातमा नै धरान, जलेश्वर र लेलेमा गरी ६५४ वटा बिरुवा वितरण गरिसकेको छ र वांकी अवधिमा यस कार्यलाई निरन्तरता दिने योजना रहेको छ ।

कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.केन्द्रीय कार्यालयका नारायण देवी श्रेष्ठ, सुमन श्रेष्ठ, चेतनाथ बगाले तथा शाखा कार्यालय चुच्चेपाटीका कार्यालय प्रमुख कविता सिलवाल लगायत कर्मचारीहरु सुर्य सुबेदी, उर्मिला खड्का, प्रबिन रानाभाट तथा सदस्य अभिभावक गरी ५३ जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS