IME Life New

नबिल म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको आर्थिक वर्ष २०८१।८२ को लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको बिहीबार साँझ बसेको बैठकले नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ का इकाइधनीहरुका लागि उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार यी दुवै योजनामा इकाइधनीहरु करसहित समान १३–१३ प्रतिशत नगद प्रतिफल वितरण गरिने भएको छ।

Esewa
Crest

योजना व्यवस्थापकअनुसार नबिल ब्यालेन्सड् फन्ड–२ का इकाइधनीहरुलाई कुल १४ करोड ५६ लाख रुपैयाँ र नबिल ब्यालेन्सड् फन्ड–३ का इकाइधनीहरुलाई कुल १६ करोड २५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ।

यी दुवै योजनाको लाभांश वितरणार्थ भदौ २२ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ भदौ १९ गते (भदौ २० गते शुक्रबार र २१ गते शनिबार)सम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन्।

यी दुवै बन्दमुखी योजना हुन्। यी योजनाको कोष प्रवर्द्धकका रुपमा नबिल बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS