IME Life New

बजारमा नगद परिचालन करिब साढे ७ खर्ब, सरकारी ढुकुटीमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल बजार करिब साढे ७ खर्ब रुपैयाँ नगद परिचालन रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को साउनको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार समीक्षा वर्षको साउनमा बजारमा ७ खर्ब ४४ अर्ब ८२ करोड रुपैयाँ नगद परिचालन रहेको छ। अघिल्लो वर्ष २०८१।८२ आर्थिक वर्षको असारमा बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। असारको तुलनामा साउनमा नगद परिचालन घटेको छ।

Esewa
Crest

समीक्षा वर्षमा सरकारी कोषको आकार १७१.३७ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ७० अर्ब ८३ करोड रुपैयाँ थियो। गत वर्ष असारसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ९२ अर्ब २२ करोड रुपैयाँको उचाइमा पुगेको छ।

गत आर्थिक वर्षको असारसम्म राष्ट्र बैंकको रिजर्भमा ७ खर्ब ८ अर्ब १ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको साउनमा रिजर्भमा ७ खर्ब ५२ अर्ब ४९ करोड रुपैयाँ थियो। रिजर्भको आकार बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS