IME Life New

आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले पचास करोड रुपैयाँ बराबरको ऋणपत्र “८% आईसिएफसिफाइनान्स लिमिटेड डिबेञ्चर—२०८९” निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

Crest

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।

यस कम्पनीले २१ शाखा कार्यलयहरु र १८ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS