काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव १० अंकले घटेर २,७८१ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मैलुङ खोलाका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ३ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् ।


















