IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार उच्च अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेको २ वटा समूह बढेका छन् भने बाँकी ११ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.१० प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक २.३८ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज २४ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने २२७ वटाको घटेको छ। यो दिन बजारमा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ६५ करोड ४४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६० करोड ६९ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ३५ करोड ४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २२ करोड ४२ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १९ करोड ४९ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः १८ करोड ९० लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः १७ करोड ३७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड २५ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १४ करोड ६९ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः १४ करोड ८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS