IME Life New

स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँट, यी माध्यमबाट हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज भदौ १२ गते बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँट गरिएको हो। आइपीओ बाँडफाँट कार्यक्रम आज बिहान साढे ९ बजे राखिएको थियो।

Esewa
Crest

संस्थाले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका बिक्री खुला गर्न लागिएको थियो। यो आइपीओमा २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयर माग भएको थियो।

कुल मागमध्ये २४ लाख ३६ हजार ३९३ आवेदकबाट परेको २ करोड ७४ लाख १८ हजार ५४० कित्ता सदर भएको थियो भने २ हजार ३०० आवेदकबाट परेको ४६ हजार ३० कित्ता बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १९ हजार ५१९ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। सदर आवेदकमध्ये २४ लाख १६ हजार ८७४ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आइपीओ अन्तिम नतिजा धितोपत्र निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धक कम्पनीको वेबसाइटसँगै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS