काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव ०१ अंकले बढेर २,८१९ को विन्दुमा कायम भएको छ । आज २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनकिो ५० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ४६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका लगानीकर्ताले ८ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले ५ दशमलव ७९ प्रतिशतका दरले गुमाएका हुन् ।

















