IME Life New

बजारमा हेराफेरी रोक्न अन्तिम १५ मिनेटको औसत गणना किन आवश्यक ? (नेप्सेको उदाहरणसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारमा हेराफेरी रोक्न अन्तिम १५ मिनेटको औसत गणना थालनी गरिएको स्पष्ट पारेको छ।

नेप्सेले आज पावर प्वइन्टमा नेप्सेको औसत गणनाको गतिविधि सार्वजनिक गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। लगानीकर्ताबाट औसत गणनाको चर्को आलोचना र विरोध भएपछि नेप्सेले गणना विधिसहितको धारणा सार्वजनिक गरेको छ।

Esewa
Crest

यो विधिले बजारमा हुने हेराफेरी रोकिने नेप्सेको दाबी छ। बजार मूल्य पारदर्शीता आउने, बजारको अप्रत्याशित उतारचढाव नियन्त्रण हुने र शेयर बजारको वैश्विक उत्कृष्ट अभ्यासहरु पंक्तिबद्ध हुने नेप्सेले जनाएको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन), २०८१ लाई नेप्सेले गत वर्ष चैत ७ गतेबाट बजार सञ्चालनको दिउँसो २ः४५ देखि ३ः०० बजेसम्मको कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने विधि कार्यान्वयनमा ल्याएको थियो। उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने नेप्सेले स्पष्ट पारेको थियो।

नेप्सेले स्पष्ट पार्न तयार पारेको पावर प्वइन्ट हेर्न तलको नेप्से इन्डेक्स क्लिक गर्नुहोस् ।

NEPSE Index

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS