IME Life New

एलन मस्कका दुई कम्पनीले एप्पल र ओपनएआईविरुद्ध किन दायर गरे मुद्दा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी उद्योगपति एवं विश्वकै धनीव्यक्ति एलन मस्कका दुई कम्पनीले आधिकारिक रुपमा एप्पल र ओपनएआईविरुद्ध मुद्दा दायर गरेका छन्।

ती दुवै कम्पनीले एप्पल र ओपनएआईले सम्भावित प्रतिस्पर्धीबाट हुने खतरालाई रोक्न अवैध गठबन्धन बनाएको आरोप लगाएका छन्। अमेरिकामा एक्स र एक्सएआईले ओपनएआईको च्याटबटलाई आफ्नो अपरेटिङ सिस्टममा समावेश गर्ने एप्पलको कदमको विरुद्ध मुद्दा दायर गरेका छन्। एक्स भन्छन्, ‘यो प्रतिस्पर्धा नियमहरुको उल्लंघन हो।’

Esewa
Crest

एक्सका मालिक एलन मस्कले यस महिनाको सुरुमा दुई ठूला कम्पनीविरुद्ध यस्तै उजुरी दायर गरेका थिए। उनी भन्छन्, ‘एप्पलले पनि आफ्नो स्टोरमा ओपनएआईको श्रेणी बढाइरहेको छ, जुन गलत हो।’

एप्पलले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। साथै, ओपनएआईले यो मुद्दा ‘मस्कले सिर्जना गरिरहेको निरन्तर समस्याहरुको ढाँचा’ अनुरूप रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS