IME Life New

राष्ट्र बैंकमा कसरी राख्न सकिन्छ बैंकिङसम्बन्धी गुनासा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेवाग्राहीले बैंकिङसम्बन्धी गुनासा नेपाल राष्ट्र बैंकमा राख्न सक्ने व्यवस्था रहेको छ।

ग्राहकले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट गुनासो सम्बोधनका लागि भएका कामरबाहीप्रति चित्त नबुझेको खण्डमा केन्द्रीय बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता सक्ने व्यवस्था रहेको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाहरुमा गुनासो सुन्ने अधिकारीको व्यवस्था हुनुका साथै संस्थाको वेबसाइटमा गुनासो पोर्टलसमेत राखिएको हुन्छ । गुनासो सम्बोधनका लागि गुनासो अधिकारीसँग सम्पर्क गर्ने वा उक्त पोर्टलमा गुनासो दर्ता गर्न सकिन्छ । वित्तीय सेवा प्रदायकबाट गुनासोको समाधानका लागि भएको कामकारबाही चित्त नबुझेमा वा गुनासो समाधान नभएमा राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिन्छ ।

राष्ट्र बैंकमा यसरी गर्न सकिन्छ गुनासो दर्ता

  • राष्ट्र बैंकको अनलाइन पोर्टल www.gunaso.nrb.org.np मा गुनासो दर्ता गर्न सकिन्छ ।
  • राष्ट्र बैंकलाई सम्बोधन गरी लिखित निवेदनमार्फत पनि गुनासो पेस गर्न सकिन्छ ।
  • अन्य माध्यमहरु जस्तै इमेल, टेलिफोन तथा नेपाल राष्ट्र बैंकमा स्वयं उपस्थित भई गुनासो टिपाउन वा दर्ता गर्न सकिने व्यवस्था रहेको छ।
  • लघुवित्त सेवा सम्बन्धी गुनासोलाई व्यवस्थापन गर्नको लागि माथि उल्लेखित व्यवस्थाको अतिरिक्त लघुवित्त संस्था सुपरिवेक्षण विभागमा अलग्गै गुनासो डेस्क स्थापना गरी टोल फ्री नम्बर र अलग्गै हटलाइनको व्यवस्था पनि गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कामकारबाहीसम्बन्धी कुनै गुनासो भए संस्थागत माध्यमबाट समाधानका लागि समयमै पहल गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS