IME Life New

प्रि-आइपीओमा धितोपत्र बोर्डको गम्भीर ध्यानाकर्षण, अनाधिकृत रुपमा शेयर बिक्री नगर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रि-आइपीओको नाममा शेयर बिक्री गर्ने र गराउने कार्यमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सेबोनले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक निष्कासन नभएका विभिन्न संगठित संस्थाहरुको शेयर प्रि-आइपीओण्को नाममा सामाजिक सञ्जाल (ह्वाट्सएप, भाइबर, फेसबुक ग्रुप), ई-मेल तथा एसएमएसमार्फत उक्त कम्पनीहरुको निकट भविष्यमा नै सार्वजनिक निष्कासन गरिने भन्दै सर्वसाधारणलाई शेयर खरिद गर्न प्रस्ताव गरी अनाधिकृत रुपमा पैसा उठाइरहेकोले सो कार्य तत्काल रोक्न लगानीकर्ताबाट गुनासो प्राप्त भएको सन्दर्भमा यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

Esewa
Crest

प्रचलित कानुनमा प्रि–आइपीओसम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री–वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको धितोपत्र बोर्डले स्पष्ट पारेको छ। ‘त्यसैले धितोपत्र बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको शेयर खरिद वा विक्रीसम्बन्धी कार्य नगर्न वा नगराउन सूचित गरिन्छ’, धितोपत्र बोर्डले भनेको छ, ‘यसरी धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्थाविपरीतका यस्ता कार्यहरु दण्डनीय भएकोले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदैछौँ।’

सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन पनि धितोपत्र बोर्ड अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS