काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक २१ अंकले बढेर २,७६१ को विन्दुमा कायम भएको छ । आज १७९ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । विकास हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । साना किसान विकास लघुवित्तका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।


















