IME Life New

सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरमध्ये विभिन्न सूचकमा को तगडा ? (तुलानात्मक अध्ययन)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरणका आधारमा यी दुई बीमा कम्पनीलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन:

चुक्तापुँजीः कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

स्पेसल रिजर्भः सगरमाथा लुम्बिनी इन्स्योरेन्सको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्पेसल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

महाविपत्ति कोषः सगरमाथा लुम्बिनी इन्स्योरेन्सको महाविपत्ति कोषमा २२ करोड ९३ लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको महाविपत्ति कोषमा २२ करोड ४३ लाख रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङः सगरमाथा लुम्बिनी इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ३६ करोड ६५ लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ९५ करोड ५० लाख रुपैयाँ रहेको छ।

अन्य इक्विटीः सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अन्य इक्विटीमा १ अर्ब २१ करोड ९२ लाख रुपैयाँ रहेको छ।

कुल बीमाशुल्क आर्जनः सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमाशुल्क आर्जनः सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

खुद नाफाः चौथो त्रैमाससम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४० करोड ३२ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७१ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

प्रतिशेयर आम्दानीः सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १५.३७ रुपैयाँ छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५.४१ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थः सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २३९.१२ रुपैयाँ छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २७४.५६ रुपैयाँ छ।
(नोटः उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्ने छ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS