IME Life New

बीमकलाई बीमा प्राधिकरणको निर्देशनः ‘बीमालेखको कर्जाका बारेमा स्पष्ट जानकारी देऊ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समयतालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमै जानकारी दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ।

बीमा कम्पनीहरुले बीमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा भुक्तान हुन बाँकी रहेको कर्जा रकम तथा ब्याजको गणना विधिका सम्बन्धमा बीमितलाई पर्याप्त जानकारी नदिने र अन्तिममा परिपक्व भुक्तानी तथा दाबी रकमबाट कट्टा गर्ने गर्दा बीमित तथा हिताधिकारीलाई मर्का परेको भनी गुनासा आएको सन्दर्भमा प्राधिकरणले बीमकहरुलाई त्यस्तो निर्देशन दिएको हो।

Esewa
Crest

प्राधिकरणले दिएको निर्देशनमा भनिएको छ, ‘बीमा कम्पनीहरुले बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिँदा कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा कर्जाको ब्याज भुक्तानी गर्ने अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिनअगावै बीमितले स्पष्ट बुझ्ने गरी एसएमएस वा ई-मेल वा पत्रमार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न वा गराउन परिपत्र गरिएको छ।’

प्राधिकरणले बीमा कम्पनीहरुले ऋण तथा व्याज असुलीका लागि स्मरणपत्र वा जानकारी दिई वीमितको ध्यानाकर्षण गर्नु उनीहरुको कर्तव्य भएको समेत स्मरण गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS