IME Life New

नेपालमा खोरेत र परजीवीजन्य रोगबाट किसानलाई बर्सेनि रु. १५ अर्बको नोक्सानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पशुपन्छीमा लाग्ने संक्रामक रोग नियन्त्रणका प्रभावकारी उपाय अपनाउन नसक्दा पशुपालक किसानले बर्सेनि करिब १५ अर्ब रुपैयाँबराबरको क्षति व्यहोर्नुपरिरहेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार खुरफुट्टा पशुमा लाग्ने खोरेत रोगबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ र विभिन्न परजीवीजन्य रोगबाट करिब ८ अर्ब रुपैयाँबराबरको क्षति हुने गरेको छ।

Esewa
Crest

मन्त्रालयले संक्रामक पशुरोग नियन्त्रण गर्न बनेको विधेयक, २०८२ को मस्यौदाको प्रस्तावनामा विधेयकको व्यवस्थाबाट पर्ने आर्थिक तथा वित्तीय प्रभाव सम्बन्धित शीर्षकमा क्षतिको यो आँकडा उल्लेख गरेको हो।

राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालको कुल कृषिमध्ये ४ प्रतिशतमात्र बीमाको सुरक्षा छाताभित्र समेटिएको छ। यसको ८४ प्रतिशत हिस्सा चौपाया, ८ प्रतिशत दलहन र ४ प्रतिशत पन्छीपालन बीमाले ओगटेको छ।

बाली तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा निर्जीवन बीमकले कुल बीमाको कम्तीमा ५ प्रतिशत कृषि बीमा गर्नुपर्ने प्रावधान छ। यसबाहेक सरकारले कृषि बीमा (पशुपन्छी बीमासमेत) किसानलाई कुल बीमाशुल्कको ५० देखि ८० प्रतिशतसम्म अनुदानसमेत उपलब्ध गराउँछ।

नीतिगत व्यवस्थासँगै अनुदान उपलब्ध गराउँदासमेत कृषि बीमाको दायरा विस्तार हुन सकेको छैन।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमक र लघु बीमकलाई नीतिगत रुपमा बाध्य पार्न नसकेको अवस्था छ। साथै, तीनै तहको सरकारको समन्वयमा कृषि बीमाको दायरा विस्तार गर्न नीतिगत रुपमा पर्याप्त पहल र कार्यक्रम लागू हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS