IME Life New

कर्जा अलुसीमा देखिएन प्रगति, बैंकहरुमा थुप्रियो साढे ५५ अर्बको गैरबैंकिङ सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरुमा गत आर्थिक वर्ष २०८१।८२ मा २० अर्ब रुपैयाँ बढीको गैरबैंकिङ सम्पत्ति थपिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कर्जा विस्तार हुन नसक्दा बैंकहरुको लागत बढिरहेको छ भने पुरानो कर्जा असुलीमा सकस हुँदा बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको छ।

Esewa
Crest

बैंकिङ क्षेत्रमा देखिएको सुस्तता अझै सुधार हुन सकेको छैन। निजी क्षेत्रले कर्जाको माग नबढाउँदा बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना भइरहेको छ।

बैंकहरुमा निक्षेप बढ्दो क्रममा रहेको छ। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ।

गत आर्थिक वर्षमा समग्र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४.६२ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको कुल ५५ अर्ब ५५ करोड १० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुमा थप २० अर्ब ४ करोड २० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।

समीक्षा वर्षमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ४.४४ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरुमा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्षको तुलनामा १२ अर्ब ५९ करोड ७० लाख रुपैयाँले बढी हो। अघिल्लो वर्षसम्म वाणिज्य बैंकहरुमा ३० अर्ब १७ करोड ६० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको थियो।

यसैगरी गत आर्थिक वर्षमा विकास बैंकहरुको औसत एनपीएल ५.०३ प्रतिशत रहेको छ। समीक्षा वर्षमा विकास बैंकहरुमा ४ अर्ब ६८ करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्षमा विकास बैंकहरुमा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। पछिल्लो १ वर्षमा विकास बैंकहरुको गैरबैंकिङ सम्पत्ति १ अर्ब ३१ करोड ८० लाख रुपैयाँले बढेको छ।

उता फाइनान्स कम्पनीहरुको एनपीएल गत आर्थिक वर्षमा बढेर ११.०५ प्रतिशत पुगेको छ। समीक्षा वर्षमा फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ९ करोड १० लाख रुपैयाँबराबरको रहेको छ। अघिल्लो वर्ष गैरबैंकिङ सम्पत्ति १ अर्ब ९६ करोड ४० लाख रुपैयाँबराबरको थियो। फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति १ अर्ब १२ करोड ७० लाख रुपैयाँले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS