IME Life New

निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात नियामकले तोकेभन्दा साढे दोब्बर बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८१।८२ को असार मसान्तसम्ममा स्वीकृत गरेको बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको छ।

प्राधिकरण बीमा प्रतिविम्बमार्फत १२ वटा निर्जीवन बीमकको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा ती निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात ३.३० रहेको छ। जुन प्राधिकरणले निर्जीवन बीमकका लागि तय गरेको सोल्भेन्सी अनुपातको तुलनामा साढे दोब्बर बढी हो। प्राधिकरणले निर्जीवन बीमकका लागि सोल्भेन्सी अनुपात १.३ कायम गरेको छ।

Esewa
Crest

प्राधिकरण मूल्यांकन स्वीकृत गरिएका निर्जीवन बीमकको सोल्भेन्सी अनुपात न्यूनतम २.६० देखि अधिकतम ४.६६ सम्म रहेको छ।

प्राधिकरणका अनुसार बीमांकी मूल्यांकनका आधारमा प्रभु इन्स्योरेन्सको सोल्भेन्सी अनुपात सर्वाधिक ४.६६ रहेको छ। यसैगरी दोस्रो अधिक नेपाल इन्स्योरेन्सको ४.३७ रहेको छ।

सबैभन्दा न्यून सोल्भेन्सी अनुपात २.६० शिखर इन्स्योरेन्सको रहेको छ।

प्राधिकरणका अनुसार सबै निर्जीवन बीमकहरुको सोल्भेन्सी अनुपात न्यूनतम नियामकीय मापदण्डभन्दा माथि रहेको छ। यसको अर्थ वित्तीय दायित्व पूरा गर्न सबै निर्जीवन बीमक पूर्ण सक्षम छन्।

सोल्भेन्सी अनुपात १ भन्दा कम हुने बीमक वित्तीय रुपमा अस्वस्थ्य मानिन्छ र यस्तो बीमकमाथि नियामकीय निगरानी कसिलो हुँदै जान्छ। १ भन्दा कम हुनुको अर्थ बीमित तथा अन्य साहुप्रतिको वित्तीय दायित्व पूरा गर्नका लागि बीमकसँग पर्याप्त सम्पत्ति उपलब्ध छैन। सोल्भेन्सी अनुपात १.३ हुनुको अर्थ १ रुपैयाँबराबरको दायित्व पूरा गर्न बीमकसँग रु. १.३० बराबरको पुँजी सम्पत्ति उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS