काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन प्रयोजनार्थ भदौ ९ गते बुक क्लोज गर्दैछ । यसको अर्थ भदौ ८ गतेसम्म कायम शेयरधनीहरुले यो बैंकको हकप्रद शेयर भर्न पाउनेछन्।
गत साउन १५ गते नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो। अब बैंकले आफ्ना शेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।
हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ। बैंकको हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

















