IME Life New

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहक महानुभावहरुले Consultant OPD/Emergency OPD, General Bed per Day (Hospital Admit), Cabin Per Day (Hospital Admit), ICU Bed Per Day, NICU Bed Per Day, Post-Operative Room Per Day, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Surgery, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, Endoscopy, Medicine जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

Crest

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक  एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS