काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशालव २२ अंकले घटेर २,७५७ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१९ कम्पनीको १ करोड ६८ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बलेफि हाइड्रोपावरको १४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । मुक्तिनाथ डिबेञ्चरका इकाईधनीले ३ दशलमव ३५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ४ दशमलव ६५ प्रतिशतका दरले गुमाएका हुन् ।

















