IME Life New

रू ३३ करोडमा अमेरिकी कम्पनीले किन्यो नेपाली सूचना प्रविधि कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूचना प्रविधि केन्द्रित नेपाली कम्पनी, एडेक्स इन्टरनेसनललाई अमेरिकी प्रविधि कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर अर्थात झण्डै ३३ करोड ४१ लाख नेपाली रूपैयाँमा खरिद गरेको छ ।

सन् २०२० मा स्थापना भएर सन् २०२२ देखि सञ्चालनमा अाएको एडेक्सले छोटो समयमै यति ठूलो मूल्य प्राप्त गर्न सफल भएको हो। एडेक्सका अनुसार, यसले सञ्चालनमा अाएयता ६० जनाभन्दा बढीलाई रोजगारीको अवसर प्रदान गरेको थियो ।

Esewa
Crest

शेयर खरिद बिक्री सम्बन्धमा टेकबेसँग सम्झाैता भइसकेको एडेक्सले विज्ञप्तीमार्फत जानकारी गराएको छ।

एडेक्सले क्लाउड सेवासँगै अमेजन वेब सर्भिसेस(एडब्ल्युएस) सम्बन्धी विभिन्न सेवा प्रदान गर्दैछ ।

हाल एडेक्सका ग्राहकहरूको भुक्तानी सेवा प्रदायक खल्ती, वाणिज्य सानिमा बैंक, प्रविधिक अाधारित कम्पनी उपाय, डियरहोल्ड, एकबाना, एनआईसी एसिया क्यापिटल, घामपावर लगायतका संस्था छन् ।

एडेक्समा चार्टर्ड अकाउण्टेण्ट युवा शाैरभ सुवेदी र हवाइ इन्जिनियर प्रज्वल शर्मा संस्थापकमध्येका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS