IME Life New

माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि को स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५% देखी २०% सम्म छुट पाउने भएका छन । सो छुट सेवा सुविधा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि मा प्राप्त गर्न सकिनेछ ।

Esewa
Crest

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर गरे ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS