IME Life New

हाथवे इन्भेस्टमेन्ट नेपालले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले आफ्नो १७ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा यही भदौ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

Crest

सभाले कम्पनी सञ्चालक समितिको प्रस्ताव गरेको गत आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १२.६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश रहेको छ।

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तपुँजी वृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले समूह (क)का शेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। स्वतन्त्र सञ्चालकको रिक्त पदमा प्रतिनिधित्व गर्ने स्वतन्त्र सञ्चालकको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS